Meeting on NFDIN in Federal System !!

जनजाति प्रतिष्ठानको छलफल सम्पन्न !

आदिवासी जनजातिहरुको उत्थान र विकासका लागि नेपाल सरकारले स्थापना गरेको आदिवासी जनजातिहरुको सरकारी निकाय “आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान” का नियमित कार्यक्रमहरु संघीयतामा स्थानीय तहबाट नै कार्य गर्ने गरि स्थानीय तहमा सशर्त अनुदान स्वरुप बजेटहरु पठाउने क्रममा केन्द्रीय स्तरबाट नै सम्पादन गर्नुपर्ने कतिपय कार्यक्रमहरुको बजेट स्थानीय तहमा पठाईएको हुनाले केन्द्रिय स्तर देखि काम गर्नुपर्ने कार्यक्रम सुनिश्चित गराउनका लागि आज (२०७४/०२/१९ गते) प्रतिस्ठानको कार्यालय लगनखेलमा छलफल सम्पन्न गरिएको छ। प्रतिस्ठानको सदस्य-सचिव गोबिन्द लाल माझीको अध्यक्षता, जनजाति महासंघको अध्यक्ष जगत बरामको बिशेष आतिथ्यता, जनजाती महिला महासंघको अध्यक्ष चिनीमाया माझीको आतिथ्यतामा र प्रतिस्ठानको कार्यकारी सदस्य ज्ञानेन्द्र पुनमगरको संचालनमा चलेको छलफलमा मगर संघ को केन्द्रिय अध्यक्ष नबिन रोकामगर, तमु ह्युला छोजधीका केन्द्रिय अध्यक्ष रेशम गुरुङ, प्रतिस्ठानको संचालक परिषद सदस्यहरु गोबिन्द छन्त्याल, निमा लामा, थकाली सेवा समाज केन्द्रिय उपाध्यक्ष कृष्ण कुमारी थकाली लगाएतका आदिवासी जनजाती अगुवाहरुले आ-आफ्नो धारणा राख्नु भएको छ। छलफलले संघियता मा प्रतिष्ठान संरचना र कार्यक्षेत्राधिकारको बारेमा समेत छलफल गरिएको थियो।

आजउरा प्रतिष्ठान कार्यकारिणी सदस्य - ज्ञानेन्द्र पुन