Mother Tongue Language Development Program !

मातृभाषा बिकास र सरकारी कामकाज र शिक्षा सम्बन्धि कार्यक्रम !

मिति २०७४ साल साउन २७ गते,

स्थानिय विकास प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुर ।

 

नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा आयोजित अन्तरक्रिया कार्यक्रम प्रतिष्ठानको उपाध्यक्ष चन्द्रबहादुर गुरुङको अध्यक्षता, भाषा आयोग अध्यक्ष माननीय डा लब देव अवस्तीको प्रमुख आतिथ्यता, मानवअधिकारवादी नेता मल्ल के सुन्दर, अमृत योन्जन, प्रा. डा. माधव घिमिरे, प्रा.डा. दानराज रेग्मी, डा. तारामणि राई, डा. प्रेम फ्याक, भाषाबिद लोकबहादुर थापामगर आदिको कार्यपत्र प्रस्तुतीकरण रहेको छ । कार्यक्रम प्रतिष्ठानको सदस्य सचिव गोविन्दलाल माझीको स्वागत मन्तव्य र प्रतिष्ठानको कार्यकारी सदस्य ज्ञानेन्द्र पुन मगरले सञ्रालन गरिएको थियो । यस कार्यक्रममा त्रिभुवनबिश्वबिद्धालय भाषा बिज्ञान बिभाग, भाषा आयोग र आदिवासी जनजाति अभियानताहरुको सहभागिता रहेको थियो ।