NFDIN Scholarship 2073/74 Notice for Selected Students !!

छात्रबृत्तिको नतिजा प्रकाशन !!!

(आ.व.२०७३/७४)

चालु आ.व.२०७३/७४ मा क्याम्पस स्तरका प्राविधिक/अप्राविधिक तह तथा संकायहरुमा अध्ययनरत आदिवासी जनजाति विद्यार्थीहरुलाई छात्रबृत्ति प्रदान गर्न गोरखापत्र राष्ट्रिय दैनिकमा मिति २०७३ मंसिर १० गते देखि २०७३ पुस १४ गते सम्म सार्वजनिक सूचना मार्फत आवेदन आह्वान गरिए अनुसार देशभरीबाट विभिन्न शिक्षण संस्थाहरुबाट प्राप्त आवेदनहरु मध्येबाट छनौट भएका विद्यार्थीहरुको नामावली प्रकाशित यस कार्यालयको सूचना पाटी तथा वेभसाइट् www.nfdin.gov.np मा राखिएको छ । उक्त नामावली अनुसार काठमाडौ उपत्यका (काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला) का छनौट हुन सफल विद्यार्थीहरुले आवश्यक कागजात सहित यस कार्यालयमा सम्पर्क राख्न हुन अनुरोध गरिन्छ । उपत्यका बाहिरका विद्यार्थीहरुलाई यस कार्यालयबाट आ—आफ्नै अध्ययनरत जिल्लामा छात्रबृत्ति वितरण गरिने व्यवस्था गरिनेछ ।

छनौट नामावलीमा परेका विद्यार्थीहरुले छात्रबृत्ति अनुदान प्राप्त गर्नको निम्ति निम्न आवश्यक कागजातहरु अनिवार्य रुपले पेश गर्नु पर्नेछ ।

१) Valid क्याम्पस/शैक्षिक संस्थाको परिचय पत्रको फोटोकपि – १ प्रति

२) नागरिकताको प्रमाणपत्रको फोटोकपि – १ प्रति

छात्रबृत्ति छनौटमा परेका विद्यार्थीहरुले छात्रबृत्ति रकमको लागि स्वयंम् उपस्थित हुन पर्ने तथा उक्त अनुदान यही आर्थिक वर्ष (२०७४ साल अषाढ १५ गते) भित्रमा भुक्तानी लिई सक्नु पर्नेछ । अन्यथा म्याद नाघि भुक्तानीको लागि आएमा सो प्रति यस कार्यालय जवाफदेही नहुने पनि यसै सूचना मार्फत जानकारी गराईन्छ ।

आ.व. २०७३्७४ को छात्रबृत्ति रकम विनियोजन ।

यस प्रतिष्ठानको आ.व.२०७३/७४ को स्वीकृत कार्यक्रम आदिवासी जनजाति छात्रबृत्ति कार्यक्रम अन्तर्गत छात्रबृत्ति छनौट समितिबाट मिति २०७४/०१/१४ गते छनौट हुन सफल जम्मा ३०० जना आदिवासी जनजाति विद्यार्थीहरुको नामावली प्रकाशित भए अनुसार छनौट भएका विद्यार्थीहरुलाई तपशिल बमोजिम छात्रबृत्ति रकम कायम गरिएको छ ।

क्र.सं.            विवरण                                      रकम (रु)

१.          पिएच.डि                                     २५,०००/–

२.          एम.फिल.                                    १५,५००/–

३.          स्नात्तकोत्तर शोधपत्र                         १०,५००/–

४.          अप्राविधिक  : प्लस टु (उच्च माध्यमिक)     ६,०००/–

५.          अप्राविधिक :  स्नातक                      ७,०००/–

६.          अप्राविधिक :  स्नात्तकोत्तर                 ८,०००/–

७.          प्राविधिक :  प्लस टु÷डिप्लोमा            १०,०००/–

८.          प्राविधिक :  स्नातक                        ११,०००/–

९.          प्राविधिक :  स्नात्तकोत्तर                   १२,०००/–

१०.         अपाङ्ग : प्लस टु (उच्च माध्यमिक))   ६,०००/–

११.         अपाङ्ग :  स्नातक                         ७,०००/–

१२.         अपाङ्ग :  स्नात्तकोत्तर                      ८,०००/–

: