आदिवासी जनजाति महिलाहरुलाई एक महिने ढाका कपडा बुनाई तालिम !

आदिवासी जनजाति महिलाहरुलाई एक महिने ढाका कपडा बुनाई तालिम डोटीमा सम्पन्न भएको छ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आर्थिक सहयोगमा नेपाल मगर संघ जिल्ला समिती डोटीको आयोजनामा एक महिना अगाडी देखि सुरु गरेको एक महिने ढाका कपडा बुनाइ तालिम २०७४/०२/१५ गते डोटीको जोरायलमा सम्पन्न भएको छ ।


प्रतिष्ठानको उपाध्यक्ष चन्द्रबहादुर गुरुङको प्रमुख आतिथ्यता र मगर संघ डोटीको अध्यक्ष श्याम थापामगरको अध्यक्षता र नेपाल मगर संघ केन्द्रीय उपाध्यक्ष तेज तरामिमगरको बिशेष आतिथ्यतामा सम्पन्न समापन कार्यक्रममा सहभागीहरुलाइ प्रमुख अतिथी गुरुङले प्रमाणपत्र दिनुभएको थियो । उहाले प्रतिस्थानले महिलाहरुको सीप बिकास गरि आत्मनिर्भर बनाउन यस्ता खालको तालिमहरु सन्चालन गरेको बताउनु भयो । तालिममा २० जना महिलाहरुको सहभागिता रहेको थियो ।

आजउरा प्रतिष्ठान कार्यकारिणी सदस्य - ज्ञानेन्द्र पुन