दुरा मातृभाषा शिक्षा प्रशिक्षण कार्यक्रम

दुरा मातृभाषा शिक्षा प्रशिक्षण कार्यक्रम

बिमला गुरुङ्ग - आ.ज.उ.रा.प्रतिष्ठान

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले व्यास नगरपालिका वडा नं.६ शिशाघाट, तनहूँमा दुरा सेवा समाजको आयोजनामा दुरा मातृभाषा शिक्षा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो ।यस कार्यक्रमका लागि स्थानीय संयोजकको रुपमा श्री भानसुव्वा दुराले भूमिका निर्वाह गर्नु भएको थियो ।

उक्त कार्यक्रमको अध्यक्षता दुरा सेवा समाजका अध्यक्ष श्री देव दुराले गर्नु भएको थियो । कार्यक्रमको प्रमुख अतिथिमा प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल प्रसाद घर्ती तथा विशेष अतिथीमा संविधानसभा सदस्य साथै नेफिनका पुर्व महासचिव श्री पेम्बा गुरुङ भोटे हुनु हुन्थ्यो । दुरा मातृभाषा प्रशिक्षणका लागि प्रशिक्षकका रुपमा श्री मुक्तिनाथ घिमिरेबाट जम्मा २५ जना प्रशिक्षार्थीहरुलाई १५ दिने दुरा मातृभाषा प्रशिक्षण गराईएको थियो ।उक्त कार्यक्रमको समापन विशेष अतिथि अध्यक्ष वडा नं.छ, शिशाघाट, तनहूँका श्री जीवन गुरुङ ज्यूले गर्नु भएको थियो ।