
टेक बहादुर विष्णुमाया सुनुवार स्मृति कोषद्वारा चित्रकार दुर्गा सुनुवार पुरस्कृत
तारा सुनुवारको मातृभाषाको कविता “सुया” बिमोचन
काठमाडौं। टेकबहादुर विष्णुमाया सुनुवार स्मृति कोषद्वारा चित्रकार दुर्गा सुनुवार "सारा" पुरस्कृत हुनु भएको छ। टेकबहादुर विष्णुमाया सुनुवारको स्मृति दिवसको अवसरमा चित्रकार सुनुवार पुरस्कृत हुनु भएको हो।
सुनुवार सेवा समाज संघीय समितिद्वारा सञ्चालित स्मृतिकोष टेकबहादुर विष्णुमाया सनुवारका सन्ततिहरू सावित्री सुनवार, तारादेवी सुनुवार, अर्जुन कुमार सुनुवार र केदार राज सुनुवारद्वारा स्थापित कोषले सुनुवार समुदायमा रहेर समुदायको मातृभाषा साहित्य, संस्कृति, गीतकार तथा समाजको भाषा संस्कृति उजागर गर्न योगदान पुर्याउने व्यक्तित्वहरूलाई विगत २०७५ सालदेखि पुरस्कृत गर्दै आएको छ। सोही कार्यक्रमको सिलसिलामा मंगलबार स्मृतिकोषले एक कार्यक्रमका बीच फाइन आर्टमा स्नातककोत्तर सकेर चित्रकारिताको माध्यमबाट सुनुवारहरुको संस्कृति, भेषभुषालाई उजागर गर्न विभिन्न फोटो प्रदर्शनी गरेका धनुषा निवासी दुर्गा सुनुवार "सारा"लाई योगदानको कदर गर्दै थप हौसला पुगोस् भनेर पुरस्कृत गरिएको सुनुवार सेवा समाज संघीय समितिका अध्यक्ष रणवीर सुनुवारले बताउनु भयो।
तारा सुनुवारको मातृभाषाको कविता “सुया” बिमोचन
पुरस्कार वितरण कार्यक्रमसँगै स्मृति कोषका दाता तथा श्रष्टा तारादेवी सुनवारको मातृभाषा कविता संग्रह "सुया" विमोचन भएको छ। साहित्यकार सुनुवारले "सुया" मा सुनुवार मातृभाषाका ५० कविताहरू समावेश गर्नु भएको छ। श्रष्टा सुनुवारको यस अघि परिस्थिति कविता संग्रह, २०७३, अविरल कविता संग्रह २०७५, सुनवार भातृभाषाको कविता थुँ, थेअ्नि कविता संग्रह २०७६, सुनुवार भाषामा निबन्ध संग्रह देष मपथु बोय २०७८, गजल संग्रह सम्झनाका फुलहरू २०७८ प्रकाशित भई सकेका छन्।
मंगलबार सुनुवार सेवा समाज संघीय समितिको सभाहलमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्ष गोकुल प्रसाद घर्ती मगरको प्रमुख आतिथ्यता तथा पूर्व सभासद दाल कुमारी सुनुवार, नेपाल लोकतान्त्रिक किरात सुनुवार संघ केन्द्रीय समितिका अध्यक्ष प्रेम कुमार सुनुवार, नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका पूर्व सदस्य नारायण बहादुर सुनुवार, सुनुवार सेवा समाजका संस्थापक सदस्य प्रेम हावाली लगायत सुनुवार सेवा समाज जिल्ला समन्वय समितिका प्रतिनिधिहरूको आतिथ्यता तथा उपस्थितिमा स्मृति कोषको कार्यक्रम सम्पन्न भएको थियो।
समाचार सम्प्रेशन तथा श्रोत:
जनचासो खबर www.janachasokhabar.com
बुधबार ०१ भदौ, २०७९ । Wednesday, August 17, 2022
https://janachasokhabar.com/news/detail/4726/?fbclid=IwAR0fRrHKd0IeXh6K1C2HVZGhSGSIQVemObHBx7nzRZbg5S3AmRDqCzP0EbU