NFDIN 24th Council Meeting !!

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको मिति: २०८१ अषाढ ९ र १० गते २४औं सञ्चालक परिषद बैठक प्रधानमन्त्री निवास सचिवालय, बालुवाटारमा सम्माननीय प्रधानमन्त्री तथा प्रतिष्ठानका अध्यक्ष श्री पुष्पकमल दाहाल "प्रचण्ड" ज्यूको अध्यक्षतामा पानसमा दियो बालेर उद्‌घाटन गर्नु भएको थियो । प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल प्रसाद घर्तीबाट सूचीकृत आदिवासी जनजातिय संघसंस्थाहरुको प्रतिनिधित्व गरी यस कार्यक्रममा उपस्थित हुनु भएका सञ्चालक परिषद सदस्यहरु लगायत सम्पूर्णलाई स्वागत गर्दै आफ्नो स्वागत मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा क्रममा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री भानुभक्त जोशी ज्यू, आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय श्री राम बहादुर थापामगर ज्यु, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष श्री गेल्जे शेर्पा ज्यू, थारु आयोगका माननीय श्री विष्णु प्रसाद चौधरीज्यू बाट पनि आ-आफ्नो मन्तब्य राख्नु भएको थियो । कार्यक्रमका अध्यक्षता गर्नु हुने सम्माननीय प्रधानमन्त्री ज्यूबाट पनि प्रतिष्ठानको यस २४औं सञ्चालक परिषद बैठकबाट नेपालका सुचीकृत आदिवासी जनजातिहरुको आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा विकास गर्नका लागि प्रतिष्ठानको महत्वपूर्ण भूमिका हुनेछ भन्नुभयो । यस कार्यक्रम प्रतिष्ठानका सदस्य सचिव श्री कमल प्रसाद राजवंशीले सञ्चालन गर्नु भएको थियो ।