/ नि:शुल्क लोकसेवा र शिक्षक सेवा Online फारम

नि:शुल्क लोकसेवा र शिक्षक सेवा तयारी कक्षा दरखास्त पोर्टल

अध्यावधिक मिति आश्विन ३०, २०८१




फारम भर्दा अपलोड गर्नुपर्ने आवश्यक कागजातहरु :

  • अटोसाईज फोटो
  • नागरिकताको दुबै साईडको कपि
  • तोकिएको शैक्षिक प्रमाणपत्रको कपि
  • आवेदन कर्ताको हस्ताक्षर
  • आदिवासी जनजाति प्रमाणपत्र (आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान वा जिल्ला प्रशासन कार्यालय)


नायब सुव्वा र शाखा अधिकृत तर्फ:

  • आफ्नो मोवाइल नम्बर इन्ट्री गर्ने र प्राप्त OTP कोड राखेर आफुले कुनै पनि तहमा आवेदन दिन सकिनेछ।
  • शाखा अधिकृत र नायब सुब्बा तहमा काठमाडौंमा अप्राविधिक (प्रशासनतर्फ)को भौतिक कक्षा मात्र सञ्चालन गरिनेछ।
  • फारम भरेका उम्मेद्वारहरुले छनौट परीक्षा दिनु पर्नेछ र प्रतिष्पर्धाका आधारमा छनौट भएको उम्मेद्वारले मात्र निःशुल्क कक्षा लिन पाउनेछ।
  • फारम शुल्क अनलाईन फारम भर्दा नायव सुब्बा तहलाई रु. ५००/– र शाखा अधिकृत तहलाई रु.१०००/– अनलाईन फारमको सिष्टममा राखिएको eSewa वा Mobile Banking बाट भुक्तानी गर्नु पर्नेछ।
  • प्रतिष्ठानले फारम Approve गरेपछि सम्बन्धित उम्मेद्वारको मोवाइल नम्बरमा SMS आउनेछ। उक्त SMS को लिङ्कमार्फत मोवाइल नम्बर इन्ट्री गरेर OTP राखेपछि परीक्षाको लागि प्रवेश–पत्र प्राप्त गर्न सकिनेछ।


शिक्षक सेवा तर्फ:

  • शिक्षक सेवाको हकमा मा.वि., नि.मा.वि. र प्रा.बि. तहको प्रथम पत्रको पुर्व तयारी अनलाईन ९० वटा कक्षा सञ्चालन हुनेछ।
  • फारम भर्ने सबै उम्मेद्वारहरुले निःशुल्क कक्षा लिन सक्नेछन्। अनलाईन फारम भर्दा फारम शुल्क रु.७००/– अनलाईन फारमको सिष्टममा राखिएको eSewa वा Mobile Banking बाट भुक्तानी गर्नु पर्नेछ।
  • प्रतिष्ठानले फारम Approve गरेपछि सम्बन्धित उम्मेद्वारको मोवाइल नम्बरमा SMS आउनेछ। उक्त SMS को लिङ्कमार्फत मोवाइल इन्ट्री गरेर OTP राखेपछि अनलाईन कक्षा प्रवेश कार्ड प्राप्त गर्न सकिनेछ।
  • फारम भर्ने म्याद २०८१ कात्तिक २० गते सम्म मात्र।

सदस्य सचिव

श्री कमल प्रसाद राजवंशी