वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व पञ्चमी - ५
प्रतिष्ठान ऐनमा सूचीकृत नेपालका ६० आदिवासी जनजातिमा किसान एक अति अल्पसङ्ख्यक र लोपोन्मुख जाति हो। यो जाति को उत्पति बाारेे एउटा किंवदन्ती छ र अर्को कथ्य इतिहास छ। किंवदन्ती अनुसार किसान जाति नाग देेवताका सन्तान अर्थाात् नागवंंशी हुन्, र भारतमा यो जातिलााई नागेेसिया भनेेर सम्बोधन गर्नेे गरिन्छ । कथ्य (मौखिक) इतिहास अनुसार अहिलेेको भारतको झारखण्ड र मध्य प्रदेेशका केेही भू-भागमा विस्तारित किसान जातिको रायगढ राज्य थियो। मुगल सम्राटलेे लिएपछि यो राज्य लोप भयो। एकतर्फ मुगलको आक्रमणबाट भागेेका र अर्कोतर्फ बङ्गाल र असममा चिया मजदुरु को रूपमा आयातित भएका किसानहरू सोही क्रममा पूर्वी नेेपालको तत्कालीन नाका नकलबन्द हुँँदैै नेेपाल पसेेका हुुन् ।
किसान जातिका पुर्खा भारतबाट आएका थिए भन्ने कुरामा कुनै विवाद छैन । भारतको उडिसा, मध्य प्रदेश, पश्चिम बङ्गाल र विहारमा किसान जातिको घना बस्ती छ । नेपालको सिमाना पश्चिम बङ्गाल र विहारसँग जोडिएको छ । किसानका पुर्खालाई नेपालका जमिन्दारहरूले भारतको छोटानागपुर भन्ने ठाउँबाट खेती(किसानीका लागि ल्याएका हुन् भन्ने भनाइ छ ९महतो सन् २०१४० । नेपालमा यो जातिको कहिले आगमन भयो भन्ने सवालमा एक किसान अगुवाको हवाला दिँदै एक अनुसन्धानकर्ताले करिब २०० वर्ष अघिको समय मापन गरेका छन् ९तुम्बाहाङ सन् २०१५बीस् १३७० । यो कुरा तत्कालीन परिस्थितिसँग मेल खान्छ । अठारौं शताब्दीको उत्तरार्द्धमा विहारमा अनिकाल परेको थियो र त्यही बेला नेपालका शासकहरूले मैदानी भागमा रहेको जङ्गल फँडानी गरी उब्जाउ भूमि विस्तार गर्न पारिबाट कृषि श्रमिक आयत गर्ने नीति लिएको थियो ।
नेपालमा किसानको थातथलो झापा जिल्लाका केही गाउँहरू हुन् । २०७८ को जनगणनाले पनि यसको पुष्टि गर्छ स् कुल १,४७९ किसानहरूमध्ये ८४ प्रतिशतको बसोबास झापा जिल्लामा देखाएको छ । यो जिल्लाका विभिन्न गाउँठाउँहरू ९जस्तै, मेचीनगर, धाइजन, बाहुनडाँगी, र शान्तिनगर० मा किसानहरू छरिएर बसेका छन् । किसानहरूमध्ये १,००४ जनाले आफ्नो मातृभाषा बोल्छन्, जुन यो जातिको कुल जनसङ्ख्याको ६७।९ प्रतिशत हो ।
किसान जातिको मातृभाषा साद्री हो ९महतो सन् २०१४स् १० । तर सरकारी तथ्याङ्कले यसलाई “किसान भाषा” भनेर जातिबोधक नाम दिएको छ । यो कुन भाषिक परिवारमा पर्छ भन्ने कुरामा एकमत छैन । कसैले द्रविड परिवारको भनेका छन् ९यादव र टुरिन सन् २००७स पाण्डेय २०६०स् ४० भने कसैले अष्ट्रो(एसियाटिक र इण्डो(आर्य परिवारको मिश्रण मानेका छन् ९तुम्बाहाङ सन् २०१५बीस् १४०० । त्रिभुवन विश्वविद्यालयको भाषाशास्त्र केन्द्रिय विभाग र भाषा आयोगले यसलाई भारोपेली परिवार अन्तर्गत पर्छ भनेर लेखेका छन् ।
किसान मूलतः प्रकृतिपूजक हुन् । तर धेरै पहिलेदेखि हिन्दुकरण भएकाले अहिले हिन्दु धर्मावलम्बी भनेर चिनिन्छन् । तर यो जातिको बस्तीमा मन्दिर हुँदैन । धार्मिक अनुष्ठान जङ्गलमा र नदी किनारमा गर्छन् । संस्कृति र संस्कार सीमा पारिका किसानसँग मिल्छ ।
नेपालमा किसानको इतिहास कृषिसँग जोडिएको छ । कृषि श्रमिकको रूपमा नेपाल प्रवेश गरेको यो जातिको प्रत्येक परिवारको सालाखाला १५ बिघा जमिन थियो ९तुम्बाहाङ सन् २०१५बीस् १५३० जुन बेला नेपालको तराई औलोग्रस्त क्षेत्र थियो । औलो उन्मूलनपछि पहाडबाट तराईमा हुलका हुल बसाइँसराइ भएको हो । यसै क्रममा किसानहरू आफ्नो भूमिबाट विस्थापित हुँदै गए । अहिले आधाभन्दा बढी किसानहरू सुकुमबासी हुन पुगेका छन् । मानव विकास र गरिबीको सूचकाङ्कको आधारमा सन् २०१२ मा गरिएको एक सर्वेक्षण अनुसार किसानहरू धेरै क्षेत्रमा अति विपन्नको अवस्थामा छन् ९गुरुङ र अरू सन् २०१४० । आफ्नो जीवन निर्वाहका लागि धेरै किसानहरू बटैया खेतीको साथै मजदुरी पनि गर्छन् ।
किसानको आफ्नो प्रथाजनित परम्परा थियो । आफ्नै राजा ९महतो०, मन्त्री ९वकिल० र सिपाही हुन्थे । तिनीहरूकै खटनपटन, निगरानी र निर्देशनमा समाज चल्थ्यो । हत्या र डकैती जस्ता जघन्य अपराध बाहेक अन्य कुरामा न्याय(निसाफ दिने र अपराधीलाई दण्ड दिने काम यही परम्पराबाट हुने गरेको थियो । तर अहिले यो प्रथा त्यति प्रयोगमा आउने गरेको छैन ।