वि.सं:
नेपाल संवत: ११४६ कछलाथ्व चतुर्दशी - १४
                      
                
मिति: २०८१ मंसिर २७ गते, बिहीबार नेपाल सरकारको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको उपाध्यक्ष पदमा श्री रेशम गुरुङ्ग ज्यू अगामी कार्यकालका लागि नवनियुक्त हुनु भएको छ ।प्रतिष्ठानको निर्वतमान उपाध्यक्ष श्री गोकुल प्रसाद घर्ती ज्यूको पदावधी यही २०८१ असार ११ गते समाप्त भई उक्त पद रिक्त रहेको थियो। नेपालको निर्वाचन ऐन, २०७३ अन्तर्गत बनेको नियमहरुको अधिनमा रही आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन-२०५८ परिच्छेद (३) को दफा (२) उपदफा (१) को खण्ड (ग) बमोजिम उपाध्यक्षको मनोनयनका लागी सिफारिस गर्न परिषद्का सहअध्यक्ष - संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री ज्यू को संयोजकत्वमा नेपाल आदिवासी जनजाति महासंघ र आदिवासी/जनजाति परिषदले तोकेका एक एक जना रहने गरी सिफारिस समिति रहने गर्दछ । उक्त उपाध्यक्ष सिफारिस समितिले सिफारिस गरेका तीनजना आदिवासी/जनजाति मध्ये परिषदका अध्यक्ष - प्रधानमन्त्री ज्यू बाट मनोनीत ब्यक्ति प्रतिष्ठानको उपाध्यक्ष पदमा नियुक्ति हुने व्यवस्था रहेको छ । प्रतिष्ठानका नवनियुक्त उपाध्यक्ष श्री रेशम गुरुङ्ग तमू ह्युल छोंज धीं गुरुङ राष्ट्रिय परिषद्का संरक्षक अध्यक्ष तथा अन्तर्राष्ट्रिय तमु (गुरुङ्ग) परिषदको संस्थापक अध्यक्ष समेत रहनु भएको छ ।