वि.सं:
नेपाल संवत: ११४६ कछलाथ्व चतुर्दशी - १४
                      
                
मिति २०८१ पौष २५ गते बिहीबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा "आदिवासी दृष्टिकोणमा सङ्घीयताको कार्यान्वयन" विषयक सम्बन्धी प्रतिष्ठानले प्रकाशन गरेको खोज अनुसन्धानमुलक पुस्तकको विमर्श कार्यक्रम धोबिघाट, ललितपुरमा भब्य रुपमा सम्पन्न भएको छ। उक्त विषय सम्बन्धित विषयविज्ञ डा. मुक्तसिंह लामाद्वारा यस कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । कार्यक्रममा आ.ज.उ.रा. प्रतिष्ठानका सदस्य सचिव श्री कमल प्रसाद राजवंशीले कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नु भएको थियो ।
प्रतिष्ठानका उपाध्यक्ष श्री रेशम गुरुङ्ग ज्युको सभाअध्यक्षतामा सञ्चालित यस कार्यक्रममा विभिन्न आदिवासी जनजातिका जातिय संघसंस्थाहरुका पदाधिकारी तथा प्रतिनिधि, आदिवासी जनजाति आयोगका अध्यक्ष, थारु आयोगका अध्यक्ष, नेपाल आदिवासी जनजाति महासंघका निवर्तमान अध्यक्ष तथा पदाधिकारी ज्यूहरु, आदिवासी जनजाति विज्ञहरु, अन्य सरोकारवाला तथा पत्रकारहरुको ठूलो संख्यामा उपस्थित रहेको थियो ।