आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २४औं स्थापना दिवस

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २४औं स्थापना दिवस

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २४औं स्थापना दिवस २०८१ माघ २४ गते, बिहीबार । (शा.अ. हितकाजी गुरुङ्ग, आ.ज.उ.रा.प्रतिष्ठान) २०८१ साल माघ २४ गते, बिहीबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आफ्नो कार्यालयको २४ औँ स्थापना दिवस राष्ट्र सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा भब्यताका साथ मनाइएको थियो ।

उक्त कार्यक्रमका प्रमुख अतिथि उपप्रधान तथा शहरी विकास मन्त्री श्री प्रकाशमान सिंहज्यू रहनु भएको थियो। कार्यक्रममा आशन ग्रहणका क्रममा अतिथीहरु आदिवासी जनजाति आयोगका माननीय सदस्यहरु, थारु आयोगका माननीय सदस्यहरु, प्रतिष्ठानका कार्यकारीणी समिति सदस्यहरु, श्रीरामबहादुर थापामगर अध्यक्ष आदिवासी जनजाति आयोग, विष्णुप्रसाद थारु अध्यक्ष, थारु आयोग, माननीय सुरेश आलेमगर, राष्ट्रिय सभा, पद्मा अर्याल पूर्वमन्त्री, भूमिसुधार मन्त्रालय, शेरबहादुर तामाङ पूर्वमन्त्री कानून, न्याय तथा संसदीय व्यवस्था, दिलमान पाख्रिन आदिवासी जनजाति विभागिय प्रमुख, जितपाल किरात पूर्वउपाध्यक्ष आजउरा प्रतिष्ठान, चन्द्रबहादुर गुरुङ पूर्वउपाध्यक्ष आजउरा प्रतिष्ठान, भगीराज इङनाम इतिहासविद्, सुरेश मानन्धर भाषा आयोग, डोमा शेर्पा डब्लुडब्लुएफ, गेल्जे शेर्पा अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ, गजुरधन राई अध्यक्ष फोनिज, अमृत सुनुवार अध्यक्ष आ.ज.मातृभाषी चलचित्र महासंघ, चन्द्र चौधरी अध्यक्ष आ.ज.विधार्थी महासंघ, हिलारीबन्धु भुजेल कावा अध्यक्ष युवा महासंघ, डा. गणेश योञ्जन उपाध्यक्ष राष्ट्रिय जनजाति विकास समिति, ताम्ला उक्याब पूर्व सदस्य सचिव आजउरा प्रतिष्ठान, अर्जुन लिम्बु पूर्व कार्यकारिणी सदस्य, बम कुमारी बूढा पूर्व कार्यकारिणी सदस्य, टासी स्याङ्मो गुरुङसेनी संविधानसभा सदस्य तथा पूर्व कार्यकारिणी सदस्य, ओम घर्तिमगर अध्यक्ष लोकतन्त्र आदिवासी जनजाति महासंघ, पासाङ शेर्पा लोकतान्त्रिक आदिवासी जनजाति महासंघ (एस), नेपाल आदिवासी जनजाति महासंघका पूर्व अध्यक्षहरु परशुराम तामाङ, नगेन्द्र कुमाल, जगत बराम, बुद्धिजिवीहरु लगायत जातीय संस्थाहरूका अध्यक्ष तथा पदाधिकारीहरु जितेन्द्र चेपाङ, मोहन छन्त्याल, गजेन्द्र तुलाचन, रणबहादुर थामी, मोहन गोले, प्रेमीलाल चौधरी, पवित्र बज्राचार्य, मुकुन्दबहादुर पहरी, भद्रकुमारी बराम, खेमराज भुजेल, ज्ञानेन्द्र पुन, चिरीमाया माझी, लिलबहादुर रोगु, निमा लामा सियार (चुमनुब्री गापा अध्यक्ष), चन्द्रबहादुर थकाली थासाङ थकाली समाज, तेन्जी शेर्पा, लक्ष्मण हायु, प्रेम येक्तेन, जीवन हाताचो राई कार्यक्रममा सहभागी रहनु भएको थियो । कार्यक्रमको उदघाटन किरात सुनुवारको नाःसो पदमबहादुर सुनुवारबाट पिदार विधि गरेर शुभारम्भ गर्नु भएको थियो ।

यसका लागि ६ वटा ढोल, २ जोडी झ्याम्टा पिदारविधि नाःसो गरी ९ जनाबाट पिदार विधि कार्य गरिएको थियो । यसै गरि प्रमुख अतिथि उपप्रधानमन्त्री सिंहलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठनका उपाध्यक्ष श्री रेशम गुरुङ्गद्वारा गुरुङ्गको गादो पहिराउने फेटा गुथाएर सम्मान गर्दै मायाको चिनो प्रदान गर्नु भएको थियो । कार्यक्रममा प्रतिष्ठानका सदस्य सचिव श्री कमल प्रसाद राजवंशीले यस समारोहमा पाल्नु हुने सम्पुर्ण अतिथी तथा पाहुनाहरुलाई हार्दिक स्वागत गर्दै आफ्नो मन्तब्य दिनु भएको थियो। वि.सं. २०५२ पुस ३० गते मन्त्री परिषद्को निर्णयअनुसार नेपाल सरकारबाट कार्यदल गठन भई आदिवासी जनजाति प्रतिष्ठान स्थापनाका लागि प्रमुख भूमिका निर्वाह गर्ने छ जना विज्ञ व्यक्तित्वहरु: १) संयोजक सन्तबहादुर गुरुङ (मरणोपरान्त सम्मान ग्रहण छोरा समीर र छोरी डली गुरुङ) २) सदस्य, टेकनारायण राजवंशी ३) सदस्यसचिव रविन्द्रनाथ अधिकारी ४) सदस्य विष्णुदत्त आङबुहाङ (प्रतिनिधि भगीराज इङनाम) ५) सदस्य डा. कृष्णबहादुर भट्टचन (प्रतिनिधि कल्पना भट्टचन) ६) रामलखन चौधरी (मरणोपरान्त सम्मान ग्रहण छोरा अजित चौधरी) लाई यस कार्यक्रमका प्रमुख अतिथि मन्त्री श्री प्रकाशमान सिंहज्यूको बाहुलीबाट सम्मान पत्र प्रदान गरिएको थियो।

शुभकामना मन्तब्य दिनु हुनेमा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष गेल्जे शेर्पा, कार्यक्रमका प्रमुख अतिथि उपप्रधानमन्त्री तथा मन्त्री शहरी विकास मन्त्रालय प्रकाशमान सिंह, सम्मानित रविन्द्रनाथ अधिकारी पूर्व सदस्य सचिव आजउरा प्रतिष्ठान, सम्मानति टेकनारायण राजवंशी सदस्य आजउरा प्रतिष्ठान, पूर्वमन्त्री पद्माकुमारी अर्याल पूर्व भूमिसुधार मन्त्री, माननीय सुरेश आले मगर राष्ट्रिय सभा सदस्य, शेरबहादुर तामाङ पूर्वमन्त्री कानून, न्याय तथा संसदीय व्यवस्था, विष्णु प्रसाद चौधरी अध्यक्ष थारु आयोग, पूर्व शहरी विकास मन्त्री सीता गुरुङ ज्यूले आ-आफ्नो शुभकामना मन्तब्य व्यक्त गर्नु भएको थियो ।

प्रतिष्ठानका उपाध्यक्ष श्री रेशम गुरुङ्ग ज्यूले अन्त्यमा यस कार्यक्रममा पाल्नु हुने सम्पूर्ण अतिथिगणहरुलाई यस प्रतिष्ठानको २४औं स्थापना दिवस समारोहमा सबै आदिवासी जनजाति संघसंस्थाहरुले सक्रिय सहभागीता जनाई कार्यक्रम भब्य र सफल बनाई दिनु भएकोमा पुन: धन्यवाद दिदै कार्यक्रम सम्पन्न भएको घोषणा गर्नु भयो । यस अवसरमा शेर्पा, छन्त्याल, गुरुङ्ग, राजवंशी, थामी (मारुनी नृत्य), थारु समुदायको (आदिवासी थारु हमरे धर्तीपुत्र", नुवाकोट तमु (गुरुङ्ग) नृत्य तथा किरात सुनुवार जातिको स्याँदर सिल जातिय कलाकारहरुद्वारा आ-आफ्ना मनोरञ्जनात्मक सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरिएको थियो