वि.सं:
नेपाल संवत: ११४६ कछलाथ्व पुन्हि - १५

मिति: २०८२ वैशाख २५ गते, बिहीबार नेपाल सरकारको आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सदस्य सचिव पदमा श्री ज्ञानेन्द्र पुनमगर ज्यू अगामी कार्यकालका लागि नवनियुक्त हुनु भएको छ ।प्रतिष्ठानको निर्वतमान सदस्य सचिव श्री कमल प्रसाद राजनवंशी ज्यूको पदावधी यही २०८१ चैत २३ गते समाप्त भई उक्त पद रिक्त रहेको थियो। नेपालको निर्वाचन ऐन, २०७३ अन्तर्गत बनेको नियमहरुको अधिनमा रही आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन-२०५८ परिच्छेद (३) को दफा (७) उपदफा (१) को खण्ड (त) बमोजिम सदस्य सचिवको मनोनयनका लागी आदिवासी जनजातिका उत्थानमा विशेष योगदान दिएका आदिवासी जनजातिका व्यक्तिहरुमध्ये परिषद्को उपाध्यक्षको सिफारिसमा परिषद्को सहअध्यक्षले मनोनीत गरेको व्यक्ति सदस्य सचिव पदमा नियुक्ति हुने व्यवस्था रहेको छ ।
प्रतिष्ठानका नवनियुक्त सदस्य सचिव श्री ज्ञानेद्र पुनमगर ज्यू विगतमा प्रतिष्ठानको कार्यकारिणी सदस्य समेत रहनु भएको थियो भने हाल नेपाल मगर संघका केन्द्रीय अध्यक्ष समेत हुनु हुन्छ । प्रतिष्ठानको कार्यालय बल्खु सानेपामा वहाँलाई आज सम्पुर्ण कर्मचारी तथा पदाधिकारीहरुबाट फुल र खादाले बधाई तथा स्वागत गर्दै कार्यालय सफलताको शुभकामना दिईएको थियो ।