वि.सं:
नेपाल संवत: ११४६ कछलाथ्व पुन्हि - १५

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको मिति: २०८२ जेठ १९ र २० गते २५औं सञ्चालक परिषद बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबार, काठमाडौंमा सम्माननीय प्रधानमन्त्री तथा प्रतिष्ठानका अध्यक्ष श्री के.पी.शर्मा ओली ज्यूको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रम राष्ट्रगान, आदिवासी जनजाति गीत तथा शहिदहरु प्रति मौनधारणा गरि शुरुवात गरिएको थियो ।
प्रधानमन्त्रीज्यूबाट पानसमा दियो बालेर कार्यक्रमको उद्‌घाटन गर्नु भएको थियो । प्रतिष्ठानका उपाध्यक्ष श्री रेशम गुरुङबाट सूचीकृत आदिवासी जनजातिय संघसंस्थाहरुको प्रतिनिधित्व गरी यस कार्यक्रममा उपस्थित हुनु भएका सञ्चालक परिषद सदस्यहरु लगायत सम्पूर्णलाई स्वागत गर्दै आफ्नो स्वागत मन्तब्य राख्नु भएको थियो । यसै गरि कार्यक्रममा प्रतिष्ठानका सह-अध्यक्ष संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री श्री राज कुमार गुप्ता ज्यू पनि उपस्थित हुनु भएको थियो ।
कार्यक्रम अध्यक्षता गर्नु हुने सम्माननीय प्रधानमन्त्री ज्यूबाट प्रतिष्ठानको यस २५औं सञ्चालक परिषद बैठकबाट नेपालका सुचीकृत आदिवासी जनजातिहरुको आर्थिक, सामाजिक, सांस्कृतिक सबै क्षेत्रमा विकास गर्नका लागि प्रतिष्ठानको महत्वपूर्ण भूमिका रहेको बताउनु भयो । मन्तव्यको क्रममा अतिथिहरु माननीय सुरेश आले मगर सदस्य राष्ट्रियसभा, श्री ग्याल्जे शेर्पा अध्यक्ष नेपाल आदिवासी जनजाति महासंघ, माननीय पासाङ शेर्पा सदस्य राष्ट्रियसभा, माननीय दिलमान पाख्रिन, माननीय गंगादत्त ओस्ती सदस्य राष्ट्रिय योजना आयोगबाट आ-आफ्नो धारणा प्रस्तुत गर्नु भएको थियो । यस कार्यक्रम प्रतिष्ठानका सदस्य सचिव श्री ज्ञानेन्द्र पुन मगरले सञ्चालन गर्नु भएको थियो ।