वि.सं:
नेपाल संवत: ११४६ कछलाथ्व पुन्हि - १५

मितिः २०८२ जेठ ३० गते शुक्रबार “आनुवांशिक स्रोतमा पहुँच, उपभोग र लाभको बाँडफाँडका सम्बन्धमा व्यवस्था गर्न बनेको मस्यौदा विधेयक माथी परामर्श बैठक” वन तथा वातावरण मन्त्रालयका मन्त्री माननीय ऐन बहादुर शाहीको प्रमुख आतिथ्यतामा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको आयोजनामा उक्त कार्यक्रम वानेश्वरको ईन्द्रेणी कम्पलेक्सको हलमा अन्य सांसदज्यूहरु, आदिवासी जनजातिका विज्ञ, अनुसन्धानकर्ता, आदिवासी जनजातिका विभिन्न जातिय संघसंस्थाका प्रतिनिधिहरु तथा पत्रकारहरु बिच बृहत छलफलका साथ सम्पन्न भएको थियो । उक्त कार्यक्रममा श्री योगेश राई द्वारा यस विषयक कार्य पत्र प्रस्तुत गर्नु भएको थियो ।
कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य प्रतिष्ठानका सदस्य सचिव श्री ज्ञानेन्द्र पुन मगरले गर्नु भएको थियो । यसै गरी कार्यक्रम समापन प्रतिष्ठानका उपाध्यक्ष श्री रेशम गुरुङले कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै यस बैठक उपलब्धिमूलक तथा सफल गराई दिनु भएकोमा उपस्थित सम्पूर्ण महानुभावहरुलाई हार्दिक धन्यवाद दिनु भएको थियो।कार्यक्रम प्रतिष्ठानका शाखा अधिकृत श्री राम कुमार मादेन द्वारा सञ्चालन गरिएको थियो ।