NFDIN Loksewa Preparatory Class Exam Notice !!

प्रतिष्ठानद्वारा लोकसेवा तयारी कक्षा (नि:शुल्क) मा रितपूर्वक आवेदन पेश गरेका परिक्षार्थीहरुको लागि छनौट परीक्षा केन्द्र तोकिएको सम्बन्धी सूचना !!

परीक्षा केन्द्र: ल्याबोरेटोरी माध्यमिक विध्यालय, कीर्तिपुर, काठमाडौ

मिति: २०७९ कार्तिक २६ गते, शनिबार

समय:       शाखा अधिकृतको लागि      बिहान ११:३० बजे

                नायब सुब्बाको लागि          दिनको १३:४५ बजे

 

प्रशिक्षार्थीहरुले पालना गर्नुपर्ने नियमहरु:

  1. परीक्षा दिन आउँदा अनिवार्य रुपमा प्रवेशपत्र ल्याउनु पर्नेछ । प्रवेशपत्र प्राप्त नभएको हकमा सक्कल रकम दाखिला बैंक भौचर ल्याउनु पर्नेछ ।
  2. परिक्षा हल भित्र मोबाइल फोनको प्रयोग निषेध गरिएको छ ।
  3. परीक्षा शुरु हुनु भन्दा १५ मिनेट अगाडी परिक्षा हलमा प्रवेश गर्न दिइनेछ ।परिक्षा शुरु भएको आधा घण्टा पछि आउने उम्मेदवारले परिक्षामा बस्न पाउने छैन ।
  4. परीक्षा हलमा प्रवेश गरे पछी किताब, कापी, कागज, क्यालकुलेटर, झोला आदि आफू साथ राख्नु पाइदैन । उम्मेदवारले आपसमा कुराकानी र संकेत समेत गर्नु हुदैन ।
  5. परीक्षा हलमा उम्मेदवारले परिक्षाको मर्यादा बिपरीत कुनै काम गरेमा केन्द्राध्यक्षले परीक्षा हलबाट निष्काशन गरी तुरुन्त कानून बमोजिमको कारवाही गर्न सकिनेछ ।यसरी निष्काशन गरिएको उम्मेदवारको सो परीक्षा समेत स्वत: रद्द भएको मानिनेछ ।
  6. उम्मेदवारले परीक्षा दिएका दिनमा हाजिर अनिवार्य रुपले गर्नु पर्नेछ ।
  7. प्रतिष्ठानले सूचनाद्वारा निर्धारण गरेको कार्यक्रम अनुसार परिक्षा सञ्चालन हुनेछ ।
  8. परीक्षाको माध्यम भाषा नेपाली वा अंग्रेजी दुवै हुनेछ ।
  9. उम्मेदवारले परिक्षामा उत्तरपुस्तिकामा आफ्नो विवरण स्पष्ट रुपमा लेख्नु पर्नेछ ।नलेखेमा उत्तरपुस्तिका स्वत: रद्द हुनेछ ।
  10. वस्तुगत बहुवैकल्पिक (Multiple Choice) प्रश्नहरुको गलत उत्तर दिएमा प्रत्येक गलत उत्तर वापत २० प्रतिशत अङ्क कट्टा गरिनेछ । तर उत्तर नदिएमा त्यस वापत अङ्क दिइने छैन र अङ्क कट्टा पनि गरिने छैन ।
  11. प्रश्नपत्रमा रहेको असपष्टताको सम्बन्धमा सोध्नुपर्दा परीक्षामा सम्मिलित अन्य उम्मेदवारलाई वाधा नपर्ने गरी निरिक्षकलाई सोध्नुपर्नेछ ।
  12. परीक्षाको लागि तोकिएको समयावधि समाप्त पश्चात प्रश्नपत्र र उत्तरपुस्तिका निरिक्षकलाई बुझाई परीक्षाहलबाट बाहिर निस्कनु पर्दछ ।