आजउराप्रको लोकसेवा पूर्व तयारी कक्षा छनौट परिक्षाको नतिजा प्रकाशन !!

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा सञ्चालित लोकसेवा पूर्व तयारी कक्षामा सहभागिताका लागी छनौट परिक्षाको नतिजा प्रकाशन !!

यस आ.व. २०७९/०८० मा आ.ज.उ.रा.प्रतिष्ठानद्वारा सञ्चालित आदिवासी जनजातिका लागि लोकसेवा पूर्व तयारी कक्षामा सहभागिताका लागि मिति २०७९/०७/२६ गते शाखा अधिकृत र नायव सुब्बा स्तरको छनौट परिक्षा सञ्चालनबाट निम्न अनुसार प्रशिक्षार्थीहरु प्रशिक्षणका लागि छनौट भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

उक्त छनौट नामावली सूचीमा भएका प्रशिक्षार्थीहरुले यस प्रतिष्ठानको कार्यालयमा यथाशिघ्र उपस्थित भई ०२ प्रति पासपोर्ट साईजको फोटो र धरौटी रकम (फिर्ता हुने) रू.३०००/- (अक्षरेपी रू. तीन हजार मात्र ।) जम्मा गरी आफ्नो ADMIT CARD  लिन हुन अनुरोध छ ।

दुवै स्तरको छनौट नामावली सूचीमा नाम निकाल्न सफल भएका प्रशिक्षार्थीहरुले कुनै एक स्तरको प्रशिक्षण कक्षामा मात्र भर्ना हुन पाइनेछ ।

छनौट भएका प्रशिक्षार्थीहरुले मितिः २०७९ मंसिर २३ गते, शुक्रबार भित्र आफ्नो ADMIT CARD लिई सक्नु पर्नेछ । सो अवधि पश्चात उक्त सिट वैकल्पिकका प्रशिक्षार्थीहरुलाई प्रदान गरिनेछ ।

शाखा अधिकृत स्तरको नतिजा

नायब सुब्बा स्तरको नतिजा