Tin Gaonle Thakali Language Training Program

Tin Gaonle Thakali Language Training Program

तीन गाउँले थकाली भाषा प्रशिक्षण कार्यक्रम

बिमला गुरुङ्ग - आ.ज.उ.रा.प्रतिष्ठान

आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले  मुस्ताङका तीनगाउँले थकाली समुदायलाई मिति: २०७९ अषाढ २२ गते, बुधबार देखि तीन गाउँले थकाली सेवा समाजको आयोजनामा घरपझोङ गाउँपालिका वडा नं.३, स्याङ, मुस्ताङमा एक हप्ते थकाली भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको थियो ।

पछिल्लो समय थकालीहरुको भाषा संस्कृति पलायन भइरहेको अवस्थामा प्रतिष्ठानले मागका आधारमा यस भेगमा बसोबास गर्ने तीनगाउँले थकालीहरुलाई सहभागी गराई भाषा साक्षरता तालिम सञ्चालन गरेको थियो ।उक्त कार्यक्रमको अध्यक्षता तीन गाउँले थकाली सेवा समाजका अध्यक्ष श्री सुकेन्द्र कुमार थकालीले गर्नु भएको थियो । कार्यक्रमको उद्‌घाटन प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल प्रसाद घर्तीज्यूले गर्नु भएको थियो । विशेष अतिथीहरुमा संविधानसभा सदस्य साथै नेफिनका पुर्व महासचिव श्री पेम्बा गुरुङ भोटे, नेफिनका पुर्व उपाध्यक्ष तथा संञ्चालक परिषद सदस्य श्री गणेश थकाली तथा  तीनगाउँले थकाली सेवा समिति अन्तर्गत थाकथलो मुस्ताङमा बसोबास गर्ने ठिनी, स्याङ र चिमाङका लगभग ५० जना उक्त कार्यक्रममा सहभागी भएका थिए। तीनगाउँले थकाली मातृभाषा प्रशिक्षणका लागि प्रशिक्षकका रुपमा श्री इन्द्र प्रसाद थकालीबाट जम्मा २५ जना प्रशिक्षार्थीहरुलाई मातृभाषा प्रशिक्षण गराईएको थियो ।