प्रतिष्ठानको मातृभाषा सम्बन्धी गोष्ठी कार्यक्रम

प्रतिष्ठानको मातृभाषा सम्बन्धी गोष्ठी कार्यक्रम

मिति २०८० असार २७ गते, बुधबार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानद्वारा आयोजित विश्व आदिवासी भाषा दशक २०२२ - २०३२ को सन्दर्भमा यस प्रतिष्ठानको आयोजनामा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री माननीय श्री अमनलाल मोदी ज्यूको प्रमुख आतिथ्यतामा  “सरकारी कामकाजको भाषा ऐन निर्माणको अवस्था" विषयक गोष्ठी कार्यक्रम धोबिघाट, ललितपुरमा राखिएको थियो । तर सोही दिन माननीय मन्त्रीज्यू सम्माननीय प्रधानमन्त्री एवं आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका सञ्चालक परिषदको अध्यक्ष श्री पुष्प कमल दाहाल "प्रचण्ड" ज्यूको जीवन संगिनी श्री सीता दाहालको दु:खद निधनका कारण माननीय मन्त्री ज्यू यस कार्यक्रममा उपस्थित हुन सक्नु भएन । त्यसर्थ वहाँको अनुपस्थितिमा आदिवासी जनजाति आयोगका  अध्यक्ष श्री माननीय राम बहादुर थापा बाट दीप प्रज्वलन गरी कार्यक्रमको समुदघाटन गर्नु भएको थियो । कार्यक्रममा राष्ट्रगान तथा शहीदहरु प्रति मौनधारण पनि गरिएको थियो । कार्यक्रम बारे प्रकाश पार्दै प्रतिष्ठानका कार्यकारिणी सदस्य श्री सेतेमान तामाङ ज्यूबाट मातृभाषा लोप हुन नदिन यसको उचित ढंगबाट संरक्षण, सम्बर्द्धन र विकास गर्दै जान पर्ने बताउनु भयो ।

कार्यक्रममा कार्यपत्र प्रस्तुतीकरण डा. तारामणि राई ज्यूबाट गर्नु भएको थियो । कार्यपत्र माथी टिप्पनीकर्ता द्वय श्री अमृत योञ्जन र श्री अम्मर तुम्याहाङबाट आफ्नो प्रस्तुती राख्नु भएको थियो ।त्यसको लगतै विभिन्न संघसंस्थाहरु नेपाल आदवासी जनजाति महासंघ, आदिवासी जनजाति आयोग, थारु आयोग, भाषा आयोग, राजनितिक संगठनका प्रतिनिधित्व गर्दै यस कार्यक्रममा सहभागी हुनु भएका महानुभावहरुबाट आ-आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको अन्त्यमा प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल प्रसाद घर्ति ज्यूबाट सम्पूर्ण उपस्थित सहभागिहरुलाई यस कार्यक्रम सफलताका साथ सुसम्पन्न भएकोमा धन्यवाद दिदै समापन गर्नु भएको थियो ।