प्रतिष्ठानको सञ्चालक परिषदको २३औं बैठक सम्पन्न !!

प्रतिष्ठानको सञ्चालक परिषदको २३औं बैठक सम्पन्न !!

प्रतिष्ठानको सञ्चालक परिषदको २३औं बैठक सम्पन्न !!

मिति: ३१ असार र १ साउन २०८०

हितकाजी गुरुङ- शाखा अधिकृत, आ.ज.उ.रा.प्रतिष्ठान

नेपाल सरकार आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको सञ्चालक परिषदको २३औं बैठक मिति: ३१ अषाढ र १ साउन, २०८० आइतबार र सोमबार ललितपुरको स्थानिय विकास प्रशिक्षण प्रतिष्ठानमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रतिष्ठानको अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" ज्यूको जीवन संगिनी श्री सीता दाहालको २०८० असार २७ गते असामयिक निधन हुनु भएकोले वहाँको अनुपस्थितिमा उक्त बैठक परिषदका सह अध्यक्ष तथा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी ज्यूको अध्यक्षतामा सञ्चालन भएको थियो । कार्यक्रममा अतिथि आशन ग्रहण पश्चात पानसमा दियो र राष्ट्रगानबाट कार्यक्रम उद्घाटन गरिएको थियो । यस प्रतिष्ठानको २३औं सञ्चालक परिषद बैठकको उद्‌घाटन समारोहमा स्वागत मन्तब्य प्रतिष्ठानका उपाध्यक्ष गोकुल प्रसाद घर्तिले गर्नु भएको थियो । यस कार्यक्रम सञ्चालकका रुपमा सदस्य सचिव श्री कमल प्रसाद राजवंशी हुनु हुन्थ्यो । यस कार्यक्रममा प्रतिष्ठानका सञ्चालक परिषद सदस्यहरु, आदिवासी जनजाति आयोगका अध्यक्ष माननीय राम बहादुर थापा, थारु आयोगका अध्यक्ष माननीय विष्णु प्रसाद चौधरी, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष श्री ग्याल्जे लाक्पा शेर्पा, जातिय संस्थाका अध्यक्ष तथा पदाधिकारीहरु, पत्रकार तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो । वहाँहरुबाट प्रतिष्ठानको यस २३औं सञ्चालक परिषद बैठक सफलताका साथ सञ्चालन तथा सु-सम्पन्नका लागि शुभकामना ब्यक्त गर्नु भएको थियो । यस कार्यक्रममा प्रतिष्ठानद्वारा प्रकाशित विभिन्न आदिवासी जनजाति सम्बन्धि पुस्तकको पनि लोकार्पण कार्य गरिएको थियो ।

परिषद बैठकको दोस्रो दिन मिति: २०८० साउन १ गते, आइतबार सञ्चालक परिषदका सदस्यज्यूहरुको सहभागितामा बन्द शत्र सञ्चालन गरिएको थियो । प्रतिष्ठानका उपाध्यक्ष श्री गोकुल प्रसाद घर्ति ज्यूले अध्यक्षता गर्नु भएको उक्त कार्यक्रममा प्रतिष्ठानका कार्यकारिणी सदस्य श्री सेतेमान तामाङ तथा सदस्य सचिव श्री कमल प्रसाद राजवंशीले प्रतिष्ठानको चालु आर्थिक वर्ष २०७९/८० को कार्यक्रम प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो भने अगामी आ.व. २०८०/८१ को कार्यक्रमको प्रस्तावित बजेट तथा कार्यक्रमको योजना तर्जुमा यस बैठकबाट अनुमोदन तथा पारितका लागी सञ्चालक परिषद सदस्यहरु माझ पेश गर्नु भएको थियो । यस बाहेक बैठकको अन्य एजेण्डाहरु माथि छलफल तथा अनुमोदनका लागि निवेदन गर्ने कार्य भएको थियो । यसै सन्दर्भमा आदिवासी जनजाति सुचिकरण सम्बन्धी विषयमा छलफल, अध्ययन तथा कार्यान्वयन गर्नका लागी परिषद सदस्यहरु मध्येबाट कार्य समिति गठन कार्य गरिएको थियो ।