रानाथारू

रानाथारू

नेपाल सरकारले थारू जातिभित्रको एक उप(समूह रहेको रानाथारूलाई एक छुट्टै पहिचान दिएर आदिवासी जनजातिको सूचीमा संलग्न गरेको छ । २०७८ को जनगणना अनुसार रानाथारूको जनसङ्ख्या ८३,३०८ छ, र उक्त जातिजन्य भाषा बोल्नेको सङ्ख्या ७७,७६६ छ । । रानाथारू अरू थारूभन्दा केही कुरामा फरक छन् । एक, रानाथारूले आफूलाई भारतको चितौडका राजा महाराणा प्रतापको वंशज मान्ने गरेका छन् । दुई, रानाथारूको बसोबास कैलाली र कञ्चनपुर जिल्लामा सीमित छस अर्थात्, उनीहरूको थातथलो कैलाली जिल्लाका केही गाउँहरू (जस्तै, गेटा, उर्मा, चौमाला, मालाखेती, बेलादेवपुर र धनगढी नगरपालिका) र कञ्चनपुरको अधिकांश मैदानी भाग हुन् । तीन, भाषा आयोगले रानाथारू भाषालाई एक छुट्टै भाषाको रूपमा मान्यता दिएको छ । चार, रानाथारूको धर्म प्रकृति धर्म हो (चौधरी २०७९:१), जब कि अरू थारूहरू आफूलाई बौद्ध धर्मावलम्बी भनेर गौरव गर्ने गरेका छन् । यो जाति नारी(प्रधान समुदाय हो । र पाँच, उनीहरूको प्रथाजनित संस्थाका प्रमुखलाई भल्मन्सा भनिन्छ । सोही भूमिका खेल्ने अरू थारू बस्तीमा यसलाई बडघर वा महतौँ भन्ने गरिन्छ ।