वि.सं:
नेपाल संवत: ११४६ थिंलाथ्व पञ्चमी - ५
प्रतिष्ठान ऐनमा थकाली समुदाय तीन जातिमा सूचीकृत छन् स् थकाली, तीन गाउँले थकाली, र मार्फाली थकाली । एउटै जिल्ला (मुस्ताङ) मा बसोबासरत यो समुदायको उप-पहिचान मूलतः स्थान-विशेष हो । तीन गाउँले थकालीको बासस्थान थाकस्याङ, थाकचिमाङ र थाकठिनी होस मार्फालीको मार्फा गाउँ होस र विशेषणरहित थकालीको थासाङ हो । यिनीहरूबीच जनसङ्ख्या र आर्थिक स्थितिमा थोरै अन्तर छ । तीन गाउँले र मार्फाली सुविधा-वञ्चित समूहमा परेका छन् भने विशेषणरहित थकाली उन्नत जातिमा । बाँकी सबै कुरामा यी उप-समूह बीचमा समानता छ । सबैको उत्पति स्थल, परम्परागत धर्म, भाषा र पेशा एउटै हो । सबैको बलियो परम्परागत नियम छ । यहाँ यी सबै उप-जातिलाई एउटै समूह मानी थकाली जातिको छोटो विवरण दिइएको छ । साथसाथै हरेक समूहको छुट्टाछुट्टै संक्षिप्त चिनारी पनि प्रस्तुत गरिएको छ ।
थकाली एक अल्पसङ्ख्यक हिमाली आदिवासी जनजाति हो । यो जातिको उत्पति कसैले भारतको राजस्थान भनेका छन्, कसैले जुम्लाको सिंजा मानेका छन् भने अरूले तिब्बत (विष्ट सन् २००२: ३२) । चौधौँ शताब्दीसम्म अहिलेको मुस्ताङ जिल्ला नै तिब्बतको राजनीतिक सिमाना थियो । कुनै समय थकाली सहित अरू मुस्ताङबासीले नेपाल र तिब्बत दुवै देशलाई कर तिर्थे । लिखित प्रमाणित इतिहास र भौगोलिक निरन्तरतालाई मापक मान्ने हो भने थकाली मङ्गोलियाबाट तिब्बत हुँदै मुस्ताङमा धेरै पहिले आएको जाति भन्ने भनाइ सत्यको नजिक हुन आउँछ । मार्फाली र तीन गाउँले थकालीलाई पनि समेट्दा नेपालमा थकालीको थातथलो थाकखोलाको थाक सातसयं भने ठाउँ हो, तर यी तीन जातिलाई छुट्ट्याएर हेर्ने हो भने विशेषणरहित थकालीको थातथलो १३ मुखियाद्वारा शासित थासाङ मात्र हो, जुन मुस्ताङ जिल्लाको दक्षिणी भेगमा अवस्थित छ ।
२०७८ को जनगणना अनुसार थकालीको जनसङ्ख्या ११,७४१ छ । जनसङ्ख्याको तुलनामा थकाली भाषीको सङ्ख्या धेरै कम छ—४,२२० मात्र, जुन कुल थकाली जातिको जनसङ्ख्याको ३५.९ प्रतिशत मात्र हो । थकाली भाषीको सङ्ख्या घट्नुको मूल कारण यो जातिमा बसाइँसराइ अधिक छ । जस्तै, मुस्ताङ जिल्लाभरि थकालीको बसोबास १६.९ प्रतिशत मात्र छ । त्यसभन्दा बढी १८.९ प्रतिशत कास्की जिल्लामा रहेको छ, र अझ त्योभन्दा बढी देशको राजधानी काठमाण्डुमा २२.९ प्रतिशत छ ।
बसाइँसराइले थकालीको भाषिक खसकरणलाई सघाएको छ । त्यस्तै, धार्मिक खसकरणको कुरा गर्ने हो भने २०४८ को जनगणना अनुसार ५७ प्रतिशत थकालीले आफ्नो धर्म हिन्दु लेखाएका थिए । तर अहिले आदिवासी जनजातिमा आफ्नो मौलिक पहिचान जोगाउने नवजागरण आएको छ, जसमा थकाली पनि अपवाद होइन । थकाली सेवा समितिले २०४९ सालमा आफ्नो जातिको धर्म बौद्ध भनेर घोषणा गरेको थियो । खस आर्यभन्दा भिन्नता अरू कुरामा पनि छ । थकाली मङ्गोल मूलका हुन्, र उनीहरूको मातृभाषा तिब्बती-बर्मेली परिवारमा पर्छ । थकालीको प्राचीन धर्म बोन होस उनीहरू पछि बौद्धमार्गी भएका हुन् । यी दुईको अतिरिक्त झाँक्रीपन्थ पनि उनीहरूको जन्मदेखि मृत्यु सम्मका संस्कारमा भेटिन्छ । थकाली बस्ती भएको प्रत्येक गाउँमा गुम्बा हुन्छ र त्यहाँ लामा हुन्छन् । गुम्बाको एकसाथ तीन आयाम छन् स् तीर्थस्थलस बौद्ध शिक्षा प्रदान गर्ने शिक्षण संस्थास र आयुर्वेदिक स्वास्थ्य सेवा प्रदान गर्ने ठाउँ (आम्ची) ।
कृषि, पशुपालन र सीमापार व्यापार थकालीको पुरानो पेशा हो । त्यसलाई रैथानेहरूले निरन्तरता दिइरहेका छन् । मकै, कोदो, फापर, जौ, आलु, सिमी, बोडी र स्याउ कृषिजन्य उत्पादन हुन् । पशुपालनमा चौँरी, घोडा, गधा, भेडा-च्याङ्ग्रा आदि आउँछन् । थकालीको अहिले मूल पेशा व्यापार हो । यो पेशामा यो जातिका चार वटै थरी—गौचन, तुलाचन, शेरचन र भट्टचन—लागेका छन् । कुनै समय नेपाल र तिब्बत बीचको नुन व्यापारमा थकालीको एकलौटी थियो । अहिले व्यापार व्यवसायमा विविधीकरण र विस्तृतीकरण भएको छ । खासगरी होटल, निर्माण व्यवसाय र पर्यटन-जन्य उद्योगमा थकालीहरूको संलग्नता बढ्दै गएको छ ।
प्रथाजनित संस्था र स्वशासनमा थकाली सबभन्दा अग्र भागमा छन् । देशको राजनीतिक प्रणाली राजतन्त्रबाट गणतन्त्रमा फड्को मार्दा पनि खसाङमा तेह्र मुखिया प्रणाली कायम नै छ । यसलाई छन भट्टचनले यसरी प्रस्तुत गरेका छन्, “यो प्रणालीको मुख्य काम थासाङका तेह्र मुखियाहरूले बनाएको सामाजिक संस्कार लगायत आर्थिक, न्यायिक नियम र मुद्दाहरू मिलाउने, वन संरक्षण गर्ने र ढिकुर प्रथाको संवर्द्धन गर्ने आदि हो” (२०७८: १११) । समान प्रकृतिको संस्था तीन गाउँलेको पनि छ, जसलाई ह्यूलो झोम्पा भनिन्छ । यस्तै प्रयोजनको लागि मार्फालीको पनि घम्पा व्यवस्था छ ।