थुदाम

थुदाम

प्रतिष्ठान ऐनमा सूचीकृत थुदाम एक हिमाली आदिवासी जनजाति हो । सरकारी कागजपत्रमा भोटे थर लेख्ने यो समुदाय जनगणनामा उल्लेख छैन । अति अल्पसङ्ख्यकमा गनिने यो जातिको जनसङ्ख्या एक अध्ययन अनुसार २५० मात्र छ (पाण्डेय २०६०: ४५) । यो जातिको भाषामा छिमेकी जातिहरू (जस्तै, शेर्पा, तोप्केगोला, वालुङ) का भाषाहरूको मिश्रण पाइन्छ ।
मङ्गोल मूलका र तिब्बती उत्पतिको र स्थान-विशेषबाट नामकरण गरिएको थुदामको नेपालमा थातथलो संखुवासभा जिल्लाको थुदाम गाउँ हो ।


थुदामको मङ्गोल नस्ल र तिब्बती उत्पतिले बोध गर्छ कि यो जाति बौद्ध धर्मावलम्बी हो, र यिनीहरूको संस्कृति र संस्कारमा प्रकृतिपूजा, बोनपन र झाँक्रीपन्थ मिसिएको हुन्छ ।


खासमा थुदामको पेशा कृषि हो । यिनीहरू ल्होमी र वालुङ जातिको मोहीको रूपमा खेती गर्छन् । पशुपालन कृषिसँगै जोडिएको पेशा हो । सीमापार व्यापारमा पहिलेदेखि नै लागेको छन् । तिब्बतमा कृषि उत्पादनको व्यापार गर्ने गर्छन् ।